‘‘आखेटोपहारको नमुना राखेर अन्य नष्ट गर्नुपर्छ’’

1.5K

‘‘आखेटोपहारको नमुना राखेर अन्य नष्ट गर्नुपर्छ’’

cfv]6f]kxf/sf] lrt'jfsf] 5fnf k"jL{ lrtjgsf] l6sf}nLl:yt ;z:q jg/Ifs tflnd s]Gb|df e08f/0f ul/Psf] cv]6f]kxf/sf] af/sf]l8ª x'Fb} u/]sf] lrt'jfsf] 5fnf . tl:a/ M gf/fo0f clwsf/L, lrtjg, /f;;

 

नारायण अधिकारी/

चितवन, १२ असार । वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले अखेटोपहारको नमुना राखेर अन्य नष्ट गर्नुपर्ने बताउनुभएको छ ।
पूर्वी चितवनको टिकौलीस्थित सशस्त्र वनरक्षक तालिम केन्द्रमा भण्डारण गरिएको अखेटोपहारको आज बिहान निरीक्षण गर्दै उहाँले सबै अखेटोपहारको नमुना लिएर केही विशेषलाई अध्ययन अवलोकनका लागि राखिने र अन्यलाई नष्ट गर्न प्रस्ताव गरिने जानकारी दिनुभयो ।

वन विभाग अन्तर्गतका कार्यालयबाट सङ्कलित अखेटोपहार टिकौलीमा र निकुञ्ज विभाग अन्तर्गतका निकुञ्ज र आरक्षबाट सङ्कलित अखेटोपहार कसरामा भण्डारण गरिएको छ । ती अखेटोपहारको नमुना लिएर ‘कोडिङ’ गरी व्यवस्थापन गर्ने काम भइरहेको छ । कसरामा नमुना लिने र बारकोडिङ गर्ने काम सम्पन्न भएको छ भने टिकौलीमा सुरु भएको छ ।
सो अवसरमा उहाँले भन्नुभयो, “जुन काम भइरहेको छ, त्यसबाट म सन्तुष्ट छु । यो वैज्ञानिक र पारदर्शी ढङ्गबाट नै हुन्छ ।” मन्त्री सापकोटाले यो राष्ट्रको इज्जत र प्रतिष्ठासँग जोडिएको विषय भएकाले राष्ट्रको इज्जत रहने गरी काम गरिने बताउनुभयो ।

अखेटोपहारको मौद्रिक मूल्य नभएको बताउँदै उहाँले यसको व्यवस्थापन वन्यजन्तुको चोरी, सिकार र अपराध नियन्त्रणमा कोसेढुङ्गा साबित हुने बताउनुभयो ।
सो अवसरमा वन सचिव उदयचन्द्र ठाकुर, वन विभागका महानिर्देशक गौरीशङ्कर तिमला, निकुञ्ज विभागका उपमहानिर्देशक डा महेश्वर ढकाल लगायतको टोलीले बार कोडिङ हुँदै गरेको अखेटोपहारको निरीक्षण गरेका हो । टिकौलीमा रहेको आखेटोपहारको बार कोडिङ र नमुना लिने कार्य एक हप्ताभित्र सम्पन्न हुने छ ।
लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एकसिँगे गैँडाको खाग, पाटेबाघको छाला, जङ्गली हात्तीका दाह्रा लगायत जीवजन्तुका अङ्ग सङ्कलन गरी कसरा र टिकौलीमा भण्डारण गरिएको छ । जीवजन्तु मरेमा या मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ ।

त्यस्तै, तस्करबाट बरामद भएका अङ्ग पनि सङ्कलन हुने गरेका छन् । सरकारले टिकौलीमा २०५४ सालमा केही आखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अङ्ग सुरक्षित भण्डारण गरिएको छ । दुवै ठाउँमा गरेर गैँडाका ३६९ खाग, पाटेबाघका ६९ छाला, जङ्गली हात्तीका १८५ दाह्रा, चितुवाका ४९३ छाला, कस्तुरी मृगका ३६ थान बिना लगायत वस्तु सङ्कलन गरिएको छ । बहुमूल्य गैँडाको खागमध्ये २५३ कसरामा तथा ११६ वटा टिकौलीमा छन् । अन्य महत्वपूर्ण वन्यजन्तुको आखेटोपहार पनि भण्डारण गरिएको छ जसमा विभिन्न जनावरका १११ थरिका अङ्ग भण्डारण गरिएको छ ।

चितवनमा बाघ, गैँडा, चितुवा, भालु, माछा प्रजाति, मृग लगायत सात प्रकारका जनावर र जलचरको आखेटोपहार सङ्कलन हुने गरेको छ । जनावरको आखेटोपहार व्यवस्थापनका लागि सरकारले कार्यविधि नै बनाएको छ । रासस