बुटवलमा गोर्खा लाहुरेको शालिक स्थापना

955

बुटवलमा गोर्खा लाहुरेको शालिक स्थापना

हरिश ढकाल\
बुटवल, १२ असार । बुटवल उपमहानगरपालिका–१५ नयाँगाउँ सालघारी चोकमा लाहुरेको झल्को दिनेगरि गोर्खा सैनिकको पुर्णकदको प्रतिमा स्थापना गरिएको छ ।
पुर्व गोर्खा सैनिकहरुको बाहुल्यता रहेको सो क्षेत्रमा गोर्खा सैनिकहरुको भुमिकालाई स्मरणमा राख्दै सम्मानार्थ शालिक स्थापना गरिएको हो । बिश्वको ईतिहासमा गोर्खा सैनिकले खेलेको बलिदानीपुर्ण भुमिका एवं साहसिक नेपालीको गौरव र शानलाई उँचो राख्न सो मुर्ति निर्माण गरिएको नेपाल भुपु सैनिक सालघारी समाजले जनाएको छ ।
मुर्तिकार गोबिन्द चौधरीले महिनौं लगाएर एउटै ढुंगालाई कुंदेर बनाईएको सो पुर्णकदको प्रस्तर मुर्ति नेपालका सम्पुर्ण भुपु सैनिक र तिनका परिवारलाई गौरवान्वित बनाएको पनि समाजले बताएको करिब तीन लाख रुपैयाँको लागतमा सम्पन्न सो शालिकको भुपु सैनिक सालघारी समाजका संस्थापक बरिष्ठ समाजसेवी सुबेदार मानसिंह थापाले एक समारोहबिच उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथी थापाले बीर गोर्खालीको नामले आफ्नो पहिचान बनाउन सफल नेपालीहरुको योगदानलाई कदर गर्र्नुपर्ने कुरामा जोड दिएका छन ।
सो अवसरमा सालघारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हितमान पुन, सैनिकपथ मर्मत समितिका अध्यक्ष बलबहादुर थापा, भारतीय पेन्सन क्याम्प फुलबारी बुटवलका सेक्रेटरी पदम जिसी, नेपाल मगर संघका ईकाई अध्यक्ष दलबहादुर थापा, समाजसेवी बिष्णुप्रसाद थापा, मुर्तिकार गोबिन्द चौधरी लगाएतले गोर्खा सैनिक, तिनका परिवार र भुपु सैनिकहरुले समाज निर्माणमा खेलेको भुमिका बारे चर्चा गरेका थिए । समाजका अध्यक्ष खेमानसिंह काउचाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बरिष्ठ मुर्तिकार गोबिन्द चौधरीलाई सम्मान गरिएको थियो । सदस्य लिलकुमार रानाको संचालनमा भएको सो कार्यक्रममा स्वागत कोषाध्यक्ष कुल बहादुर थापाले गरेका थिए भने सचिव सन्जु थापाले कार्यक्रमको उद्देश्य र प्रतिबेदनको संक्षिप्त बिवरण प्रस्तुत गरेका थिए ।