मालीमा जमिन विवादपछि झडप

511

मालीमा जमिन विवादपछि झडप

माली, १२ असार । मालीको मध्य भागमा अवस्थित कौसौमा र मौग्मा गाउँका दुई समूहबीच जमिन सिँचाइसम्बन्धी विवाद हुँदा आइतबार कम्तिमा १४ जना स्थानीयको मृत्यु भएको मोप्टीका सुरक्षा अधिकारीले बताएका छन् ।

घटनामा ४० जना घाइते भएका बताइएको छ ।

शनिबार यस बर्ष पहिलो पटक वर्षा भएपछि सिँचाइका लागि पानीको विवाद परेको र सोही विवादले चर्को रुप लिएपछि भएको झडपमा परी दुवै पक्षका मानिसको मृत्यु भएको थियो ।

घाइते पनि दुवै पक्षका रहेका बताइए पनि घटनामा कति गाउँले सहभागी थिए भन्नेबारे जानकारी आइनसकेको प्रहरीले बताएको छ । रासस÷एएफपी