मन्त्रीसहित सोह्रको मृत्यु

254

मन्त्रीसहित सोह्रको मृत्यु

सोमालिया, १२ असार । सोमालियाको एक होटलमा शनिबार भएको आक्रमणमा एक मन्त्रीसहित १६ जनाको मृत्यु भएको यहाँको सुरक्षा स्रोतले आइतबार जनाएको छ ।

घटनामा ३० भन्दाबढी घाइते भएको बताइएको छ ।

अलकायदा आवद्ध सबाब विद्रोही लडाकूद्वारा होटलमा एक भीषण विस्फोट गराई सुरु गरेको आक्रमणमा यसअघि ११ जनाको मृत्यु भएको बताइएको थियो ।

प्रधानमन्त्रीको कार्यालयअन्तर्गत वातावरण सहायकमन्त्री बुरी महम्मद हम्जाको मृत शरीर विस्फोटबाट भत्किएको होटलको भवनको भग्नावशेषबाट उद्धार गरिएको छ ।

नासा हब्लुद होटलमा भएको आक्रमणका क्रममा मारिएका ११ मध्ये दुई चिकित्सक पनि रहेको प्राप्त समाचारमा उल्लेख छ ।

घटनाको सबाब समूहले जिम्मेवारी लिइसकेको छ । पछिल्लो समय सबाबका लडाकूले होटल तथा रेस्टुरेन्टमा आक्रमणको निशाना बनाएका छन् ।

उक्त समूहले तीन हप्ताअघि मोगादिसुको एम्बेसेडर होटलमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको थियो ।

उक्त समूहले सन् २०१५ को नोभेम्बरमा पनि अर्को एक होटलमा आक्रमण गरी १२ जनाको ज्यान लिएको थियो । रासस÷एएफपी