सिरियामा युद्धविराम उल्लङ्घन

1.3K

सिरियामा  युद्धविराम उल्लङ्घन

मस्को, १३ असार । सिरियामा आइतबार मात्र चार पटक युद्धविराम उल्लङ्घन भएको रसियाली रक्षामन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा सिरियाली राजधानी दमासकसमा सो युद्धविरामको उल्लङ्घन भएको बताइएको छ ।

दमासकसको विभिन्न जिल्लामा भएका युविराम उल्लङ्घनको घटना सरकारी पक्षले तथ्यांकमा लिएको जानकारी गराएको बताइएको छ ।

सिरियाली सरकारलाई सघाउनको लागि गत फेब्रुअरी २७ बाट रसियाली सरकारले त्यहाँ आतङ्ककारी समूह इस्लामिक स्टेट र अन्य समूहलाई लक्ष्यगरी बारम्बार हवाई आक्रमण लगायत अन्य कारबाही सञ्चालन गर्दै आएका छन् ।

सिरियामा सन् २०११ बाट सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जन आन्दोलन केही समयपछि गृह युद्धमा परिणत भयो ।

सो आन्दोलनमा परी सोही समयदेखि हालसम्म सिरियामा २ लाख ८० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुनको साथै लाखौँ व्यक्ति घाइते भएका छन् ।

त्यसैगरी यस आन्दोलनका कारण लाखौँ अरु व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थीको जिवनयाजन गरिरेहका छन् । रासस÷सिन्ह्वा