अख्तियारलाई नियन्त्रण गर्न माग

579

अख्तियारलाई नियन्त्रण गर्न माग

काठमाडौँ, १३ असार । युवा सङ्घ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नियन्त्रण गर्न सरकार र व्यवस्थापिका–संसद्सँग माग गरेको छ ।

आयोगद्वारा यही असार १२ गते डा गोविन्द केसी जस्तो सामाजिक रुपमा मर्यादित व्यक्तिलाई मानसिक रोगी भनेर प्रकाशित विज्ञप्ति सच्याउन तथा संवैधानिक सीमाभित्र रही संविधान र कानुनको सम्मान गर्न आयोगलाई सङ्घले आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष राजीव पहारीले जारी गरेको विज्ञप्तिमा डा केसीबाट आयोगको आलोचना हुँदैमा आयोग जस्तो जिम्मेवार निकायले विज्ञप्ति जारी गरेर ‘आफ्नो आलोचना गर्ने मान्छेलाई मानसिक रोगी भनी करार गर्ने काम’ सभ्य र लोकतान्त्रिक समाजमा नसुहाउने भनिएको छ ।