राममणिमा पुस्तकालय व्यवस्थापन प्रशिक्षण

441

राममणिमा पुस्तकालय व्यवस्थापन प्रशिक्षण

मणिग्राम, १३  असार । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा आयोजित क्याम्पस तथा उच्च मा.वि.का कर्मचारीका लागि पुस्तकालय व्यवस्थापन प्रशिक्षण समापन भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले प्रशिक्षणको समापन गर्दै सुविधाजनक पुस्तकालय बनाउनका लागि प्रशिक्षण उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
क्याम्पस प्रमुख मोहनराज शर्माले सेवाग्राहीमुखी काम र समग्र संस्थाको गुणस्तरका लागि ६ दिने प्रशिक्षण आयोजना गरिएको बताउनुभयो ।
प्रशासकीय अधिकृत मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख जगन्नाथ बस्याल, प्रशिक्षक नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख यादवचन्द्र निरौला लगायतले सामुदायिक संस्थाको सुदृढिकरणका लागि काम गर्न पाएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।
सोही अवसरमा प्रशिक्षार्थीहरूः झविन्द्रप्रसाद पाण्डेय, हेमलाल गौतम, यशोदा न्यौपाने लगायतले आफूहरूमा उत्प्रेरणा थपिएको बताउनुभएको थियो ।
प्रशिक्षणमा रूपन्देही, कपिलवस्तु, गुल्मी र अर्घाखाँचीका एक दर्जन क्याम्पसका १४ जना प्रशिक्षार्थीको सहभागिता रहेको क्याम्पसका लेखा अधिकृत उमेशकुमार शाहीले बताउनुभयो ।