‘‘भुपुहरु आवश्यक परे बन्दुक बोक्न तयार’’

678

‘‘भुपुहरु आवश्यक परे बन्दुक बोक्न तयार’’

बुटवल, १३ असार । नेपाली कांग्रेस निकट भुतपुर्व सैनिक संघका केन्द्रीय अध्यक्ष धन वहादुर मास्की रानाले भुपुहरुलाई राज्यले जिम्मेबारी दिन नखोजेको आरोप
लगाउनु भएको छ ।

भुपुहरु आवश्यक परे बन्दुक बोक्न तयार रहेको बताउदै उहांले बांकी जीवन पनि भुपुहरु देशका लागि खर्च गर्न तयार रहेको बताउनु भयो । आफ्ना उर्जाशिल जिवन बन्दुकसंग विताएको स्मरण गर्दै उहांले भुपु सैनिकहरुका कतिपय प्राविधिक समस्याहरु समाधानमा पनि राज्य उदासिन बसेको टिप्पणी गर्नु भयो ।

नवनिर्बाचित राना सहितको केन्द्रीय कार्य समितिको टोलीलाई स्वागतका लागि आज बुटवलमा भुपु सैनिक संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहांले यस्तो बाताउनु भएको हो । संघका जिल्ला अध्यक्ष खगेश्वर पुनको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांण, क्षेत्रय सभापती हरि लम्साल, महाधिवेशन प्रतिनिधि राम वहादुर कार्की, भुपु सैनिक संघका केन्द्रीय सदस्य यम वहादुर खत्री, सचिव दुर्गा वहादुर थापा लगायतले बोल्नु भएको थियो ।