बुटवल, १३ असार । तिलोत्तमा बहुमुखी सहकारी सस्था शंकरनगरले तिलोत्तमा नगरपालिकाका बिभिन्न वडामा महिला शसक्तिकरण सम्वन्धि तालिम सञ्चालन गरेको छ । सहकारीले आफना सदस्य र गैर सदस्य महिलाहरुलाई महिला शसक्तिकरण र स्वरोजगारका लागि तालिम सञ्चालन गरेको अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिनुभयो ।
आज पहिलो दिन तिलोत्तमाको वडा नम्वर २ जानकीनगरमा तालिम सम्पन्न भएको छ । भोली वडा नम्वर १ मा, पर्सी वडा नम्वर १७ र १८ मा तथा शुक्रवार वडा नम्वर ५ मा तालिम सञ्चाचलन हुने छ । तालिममा नेतृत्व बिकास र हस्तकला सम्वन्धि प्रशिक्षकहरुबाट सहजिकरण गराइएको छ ।
तालिमको उदघाटनका अवसरमा अध्यक्ष देवकोटा, उपाध्यक्ष भीम बहादुर पौडेल, सचिव पार्वति थापा, लघु बित्त कार्यक्रम संयोक लाल बहादुर गुप्ता, शिक्षा उपसमिति संयोजक राममाया पौडेल, प्रशिक्षक राजेश गुप्ता लगायतले बोल्नु भएको थियो ।