सिरियामा रसियाद्वारा मानवीय सहयोग

318

सिरियामा रसियाद्वारा मानवीय सहयोग

मस्को, १४ असार । रसियाले सिरियामा कम आयस्रोत भएका परिवारका लागि मानवीय सहयोगस्वरुप चार टन खाद्यान्न सहयोग गरेको छ । सो मानवीय सहयोग रसियाले सिरियाको होम्स् प्रान्तमा गरेको बताइएको छ ।

सो सहयोगमा बालबालिकाको लागि खाद्य सामग्रीलगायत अन्य खाद्य पदार्थसमेत रहेको बताइएको छ । सो सहयोग रसियाली चिकित्सकहरुसमेत रहेका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

सिरियामा सन् २०११ बाट सिरियाली राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जन आन्दोलनका कारण नागरिकको अवस्था अत्यन्तै कष्टकर बन्दै गएको छ ।

सो आन्दोलनमा परी सोही समयदेखि हालसम्म सिरियामा दुई लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनको साथै लाखौँ व्यक्ति घाइते भएका छन् ।

सिरियामै पनि लाखौँलाख नागरिक खाद्यान्न एवम् विभिन्न आधारभूत आवश्यकताको अभावका बाँचिरहेका बताइन्छ ।

त्यसैगरी यस आन्दोलनका कारण लाखौँ अरु व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थीको जीवनयापन गरिरेहका छन् । रासस÷सिन्ह्वा