माओवादी केन्द्र पाल्पामा शर्मा

1.3K

माओवादी केन्द्र पाल्पामा शर्मा

पाल्पा, १४ असार । नेकपा (माओवादी केन्द्र) पाल्पाको एकता भेलाले पोलिटब्युरो सदस्य वसन्त शर्मा ‘कुशल’ संयोजक रहने गरी तीन सय ७५ जनाको जिल्ला कार्यसमिति गठन गरेको छ ।

एकीकृत नेकपा माओवादीमा रहेका सबै जिल्ला सदस्य, सल्लाहकार, जिल्ला परिषद् सदस्यसमेत माओवादी केन्द्रका जिल्ला सदस्य बन्न पाउने भएका हुन् र त्यसैगरी नेकपा–माओवादी, मातृका माओवादीका सबै जिल्ला सदस्य माओवादी केन्द्रका सदस्य भएपछि माओवादी केन्द्रको जिल्ला समिति ठूलो हुने भएको हो ।

पाल्पामा एकीकृत नेकपा (माओवादी), नेकपा–माओवादी, मातृका माओवादी, विप्लव माओवादीलगायतको पार्टी एकता हुने भएको हो ।

माओवादी पार्टी भेलामा जिल्लाका पुराना कार्यकर्ताहरुले उत्साहजनक सहभागिता जनाएको ‘कुशल’ले जानकारी गराउनुभएको छ ।

जिल्लाको अधिवेशनपछि जिल्ला कार्यसमितिले सानो आकार लिने माओवादीका कार्यकर्ताले बताएका छन् । उनीहरु पटक पटक फुटेर छियाछिया जस्तो भएको माओवादी एकताले सङ्घर्ष गर्न सिकाउने आशामा रहेका छन् ।