लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउन नागरिक अभियान

523

लुम्बिनी अञ्चल अस्पताललाई मेडिकल कलेज बनाउन नागरिक अभियान

lumbini zonal press

बुटवल, १४ असार । यस क्षेत्रको पुरानो अस्पताल लुम्बिनी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेज बनाउन नागरिक अभियान थालिएको छ ।
पश्चिम नेपालकै प्रमुख क्षेत्र बुटवलमा रहेको अस्पताललाई स्तरबृद्धिसँगै मेडिकल कलेज बनाउन अभियान थालिएको हो । मानिसहरुको जनघनत्व र अन्य पूर्वाधारको हिसाबले बुटवलमा सरकारी मेडिकल कलेज आवश्यक रहेको भन्दै लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरि मेडीकल कलेज बनाउन अभियान थालिएको छ ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि लुम्बिनी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि नागरिक अभियानका अभियान्ता मुक्ति पौडेलले यस्तो माग अघि सार्नु भएको हो ।
उहाले लुम्बिनी अञ्चल अस्पताललाई सुधार गरि नेपालकै नमूना मेडीकल कलेज बनाउनुपर्ने बताउनुभयो । अहिले निजी मेडिकल कलेजका विद्यार्थीको अभ्यास थलो भएको भन्दै त्यसको अन्त्य र स्वास्थ्य क्षेत्रको विकासका लागि मेडीकल कलेज खोल्नुपर्ने उहाको तर्क छ ।

साथै नागरिक अभियानले लुम्बिनी अञ्चल अस्पतालले सेवा शुल्क बृद्धि गरेको तथा अन्य विकासमा समेत ध्यान नदिएको भन्दै तत्त्काल सुधार गर्न भनेको छ । उक्त
अवसरमान डा. कृष्ण खनाल, डा. कृष्ण खरेल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष यानेन्द्र जिसी लगायतले बोल्दै मेडिकल कलेज स्थापनाको अभियान सकरात्मक भएको बताउनु भएको थियो ।