सत्तापक्ष र प्रतिपक्षको कुरो मिल्यो, भूकम्पपीडितलाई पहिलो किस्तामा डेढलाख

224

सत्तापक्ष र प्रतिपक्षको कुरो मिल्यो, भूकम्पपीडितलाई पहिलो किस्तामा डेढलाख

Samsad

काठमाडौं । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलवीच भूकम्प पीडितलाई पहिलो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने सहमति भएको छ । दोस्रो किस्ता ५० हजारको हुनेछ ।

सत्तारुढ र प्रतिपक्षी दलबीच बुधबार सहमति भएसँगै अब संसदको अवरोध हट्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदलाई सम्बोधन गर्दै भूकम्प पीडितलाई दिने रकमबारे वचनवद्धता जनाउने सहमति भएको कांग्रेस सचेतक ईश्वरी न्यौपानेले जानकारी दिइन् ।