आधा घण्टामा तीन भूकम्प

432

आधा घण्टामा तीन भूकम्प

eartqua

बैतडी, १५ असार । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आधा घण्टाको अन्तरालमा आज तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुुर्खेतका अनुसार पहिलो धक्का दिउँसो २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको र ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ । तीनवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व मयाना भन्ने स्थानमा रहेको सुुर्खेत केन्द्रले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै ठाउँबाट जानकारी नआएको र ठाउँ ठाउँमा सम्पर्क गरी क्षतिको लगत लिने काम भइरहेको जानकारी दिनुभयो । रासस