बुटवललाई उज्यालो तथा नमूना शहर बनाउन जोड

469

बुटवललाई उज्यालो तथा नमूना शहर बनाउन जोड

Butwal

बुटवल, १५ असार । बुटवललाई उज्यालो तथा नमूना शहर बनाउन लुम्बिनी अंचलका संघ संस्था र राजनीतिक दलहरु एकतावद्ध भएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन  ।
उज्यालो शहर बनाउदाँ यस क्षेत्रको सम्पूर्ण व्यवसाय फस्टाउने भएकाले त्यसतर्फ ध्यान केन्द्रित  गरि दीर्घकालिन योजना बनाएर अगाडी बढनु पर्ने अहिलेको आवश्यकता भएको पनि कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीकोे १८ औं स्थापना दिवसको अवसरमा बुधवार आयोजित जेष्ठ नागरिक सम्मान्न तथा प्रवेशिका परीक्षामा सर्वोकृष्ट अंक ल्याउने छात्र छात्रा सम्मान्न कार्यक्रममा वोल्ने वक्ताहरुले भगवान बुद्ध जन्म स्थल लुम्बिनी यसै जिल्लामा रहेकाले त्यससंग जोडेर विकास र पूर्वाधारमा राज्यले ध्यान दिनु पर्ने बताएका थिए ।
सोही समारोहमा २०७२ सालको प्रवेशिका परीक्षामा नेपाल प्रथम भएकी समिक्षा सुवेदी  संघका सदस्य व्यसायीका छात्र मध्ये उत्कृष्ठ अमृत पाण्डे  र छात्रा तर्फ उत्कृष्ठ आरजु न्यौपानेलाई नगद तथा सम्मान्न पत्रले सम्मान, गरिएको थियो ।
सोही समारोहमा संघका  ७५ वर्ष उम्मेर पुगेका  १४ जना व्यवसायीलाई सम्मान्न पत्रले सम्मान, गरिएको थियो । साथै रुपन्देही जिल्लामा सामाजीक सेवामा किृयासिल आत्म शान्ति अनाथ आश्रम मणिग्राम, नेपाल अपागं आश्रम बुटवल, श्री सिद्धवावा दूर्गा भवानी शिव कुमारी सैंजु बुद्धा आश्रम र साईवाबा सेरी टेवल ट्रष्ट सत्य साईवाबा विद्यापिठलाई सम्मान्न गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ समाज सेवी गणेश मान सैजूले संघले जेष्ठ नागरिकलाई सम्मान्न गरेर परोपकारीक कार्य गरेको बताउनु भयो ।
होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले यस क्षेत्रको पर्यटन विकासका लागि होटल व्यवसायीले स्तर वृद्धि गरि सवल व्यवसायीका रुपमा स्थापित हुन जरुरी रहेको धारणा राख्नु भयो ।
रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे र बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष खिम बहादुर हमालले होटल व्यवसायी सेवा उद्योगी भएकाले राज्यले अन्य उद्योगीलाई सरह संरक्षण र संम्वद्धन गर्नु पर्ने धारणा राख्नु भयो ।
संघका अध्यक्ष समुन्द्र जी.सीलेको अध्यक्षतामा भएको कार्यक्रममा  होटल व्यवसायी महासंघका सल्लाहकार महेन्द्र श्रेष्ठ निवर्तमान अध्यक्ष मोदनाथ वेल्वासे संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतम, महासचिव बाबुराम गौतम, आत्म शान्ति अनाथ आश्रमकी अध्यक्ष  मैनादेवी भण्डारी , साईवाबा सेरी टेवल ट्रष्ट सत्य साईवाबा विद्यापिठकी अध्यक्ष पवित्रा श्रेष्ठ, २०७२ सालको प्रवेशिका परिक्षामा नेपाल प्रथम भएकी समिक्षा सुवेदी व्यवसायीहरु रुद्र ज्ञवाली, माधव खनाल लगाएतले संघले मानवीय सेवासंग जोडिएका कामहरुलाई निरन्तरता दिएर  अगाडी बढनु पर्नेमा जोड दिनुभएको थियो ।