नुवाकोट, १५ असार । गएरातिको अविरल वर्षाका कारण नुवाकोटको बुङताङ गाविसमा घर भत्ँिकदा दुई बालकको मृत्यु भएको छ ।
बुङताङ गाविस–४ डोटाटोलमा रहेको मेघबहादुर तामाङको घर भत्ँिकदा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा १२ वर्षीय आइतराम तामाङ र पाँच वर्षीय आशिष तामाङ छन् ।
उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा परी आठ वर्षीया विमला तामाङ घाइते हुनुभएको छ ।
भूकम्पका कारण भत्किएको ढुङ्गा माटोको घरमा परेको पानीले गाह्रो गलेपछि उक्त घटना भएको बताइएको छ । रासस