डुबेर बालक बेपत्ता

214

डुबेर बालक बेपत्ता

नवलपरासी, १५ असार । नवलपरासीमा आज नुहाउने क्रममा नारायणी नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।

नवलपरासीको नर्सही–७ गोकुलनगर घर भएका १० वर्षीय गोलु सुनार नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीद्वारा बालकको खोजी भइरहेको छ ।