माछाको मूल्य बढ्यो

1.5K

माछाको मूल्य बढ्यो

fish

चितवन, १६ असार । तीन वर्षपछि चितवनमा माछाको मूल्यमा वृद्धि भएको छ ।

मत्स्य व्यवसायी सङ्घका अनुसार महँगीका कारण माछा उत्पादनमा लागत बढेकाले मूल्य बढाउनुपरेको हो । सङ्घका अध्यक्ष जोगेन्द्र महतोका अनुसार छडी, सिल्भर र विगहेड माछा अहिले प्रतिकिलो रु २३० मा बिक्री भइरहेको छ । यसअघि उक्त माछा प्रतिकिलो रु २०० मा बिक्री हुँदै आएको थियो ।

यस्तै रहु, नैनी, कमनकार्प, ग्रासको खुद्रा बजार मूल्य बढाएर रु ३५० पु¥याइएको छ । जिल्लामा माछापालनमा रु दुई अर्ब बढी लगानी छ । माछामा सरकारले अनुदान दिएको र व्यवसाय फस्टाउँदै गएकाले माछापालन विस्तार हुँदै गएको हो ।

जिल्लामा २०६७ सालमा १५० हेक्टर जलाशयमा माछा पालिएका थिए भने अहिले बढेर ५०४ हेक्टर जलाशय क्षेत्र पुगेको तथ्याङ्क छ । आव २०६६÷६७ मा १३७ हेक्टरमा माछापालन गरिएको थियो भने त्यसमा करिब ५०० मेट्रिक टन माछा उत्पादन हुँदै आएको सङ्घले जनाएको छ । “अहिले पाँच हजार मेट्रिक टन माछा उत्पादन हुन्छ,” अध्यक्ष महतोले भन्नुभयो ।

जिल्लामा अहिले करिब रु एक अर्बको माछाको कारोबार हुने गरेको छ । एक हजार १७२ किसान माछापालनमा सक्रिय छन् । माछापालनका लागि पोखरी निर्माणको क्रम बढ्दै गएको बताइएको छ । रासस