हरिश ढकाल–
बुटवल, १६ असार । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बुटवलदेखि नुवाकोटसम्म संचालन हुने केबुलकारको लागि जग्गा उपलब्ध गराउने बिषयमा स्थानिय उपभोक्ताले चासो ब्यक्त गरेका छन ।
बुटवल सामुदायिक बन उपभोक्ता समुह (१—४) को आयोजनामा सम्पन्न बिशेष भेलामा सहभागिहरुले केबलकार संचालन, जग्गा ब्यबस्थापन र रोजगारी सम्बन्धमा साझा धारणा बनाएका छन । सामुदायिक बनको जग्गा उपलब्ध गराउँदा स्थानियले अधिकतम लाभ लिने र बनजंगलको कमसेकम नोक्सान हुने किसिमले स्पष्ट निस्कर्ष निकालिएको सामुदायिक बन उपभोक्ता समितिले जनाएको छ । केबुलकारको बेस स्टेशन राख्ने र आकाश मार्गका लागि पिल्लर स्थापना गर्न आवश्यक पर्ने जग्गा सिद्धार्थ केबुलकार प्रा.लि.लाई कति उपलब्ध गराउने भन्ने बिषयमा ब्यापक छलफल भएको बुटवल सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष माधव प्रधानले जानकारी गराए ।
सामुदायिक बनको जग्गा सिद्धार्थ केबुलकार प्रा.लि.लाई क्षेत्रफल कति, कुनकुन शर्तमा र कुन प्रकृयाबाट कसरी उपलब्ध गराउने भन्ने बारेमा सम्बन्धित पक्षसँग छलफल गरि टुंगो लगाउन सो बिशेष भेलाले सामुदायिक बनका बर्तमान अध्यक्ष माधव प्रसाद प्रधानको संयोजकत्वमा ९ सदस्यिय कार्यदल गठन गरिएको छ । सो कार्यदलको सदस्यहरुमा सामुदयिक बनका पुर्व अध्यक्षहरु रबिन्द्रगोपाल लाकौल, महेन्द्रराज राजभण्डारी, पुर्व वडा अध्यक्षहरु नरेन्द्र बस्नेत, रमेश नेपाल, वडा नागरिक मन्चका महेन्द्र लिगल, निर्मला भण्डारी, समा श्रेष्ठ, सुधा कुँवर रहेका छन । कार्यदलको कानुनी सल्लाहकारमा पुर्व वडा अध्यक्ष सुर्य श्रेष्ठ आजाद रहनु भएको छ ।
कार्यदलले सरोकारवाला सबै पक्षसँग छलफल गरि जग्गा, क्षेत्रफल र शर्तहरुबारे टुंगो लगाउने जिम्मेबारी पाएको छ । करिब ३० करोड रुपैयाको लागतमा निर्माण भै सन्चालन हुने सो केबुलकार संचालनमा आएपछि बुटवल र नुवाकोटको आर्थिक सामाजिक र पर्यटकिय बिकासले फड्को मार्ने बिश्वास गरिएको छ । सो कार्यक्रममा बन समुहका पुर्व अध्यक्षहरु रबिन्द्र गोपाल लाकौल, महेन्द्र राजभण्डारी, पुर्व वडा अध्यक्षहरु नरेन्द्र बस्नेत, रमेश नेपाल, सुर्य श्रेष्ठ आजाद, वडा नागरिक मन्चका महेन्द्र लिगल, कृष्ण गुरुङ्ग, गौतम शाक्य, बाबुराम आचार्य, ओम जालान्धर, टिकाराम शर्मा लगाएतका बक्ताहरुले बनजंगलको संरक्षण र स्थानियको रोजगारीको अवसरको सदुपयोग गर्दै केबुलकारको संचालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।