बुटवल एफएमलाई सम्मान

239

बुटवल एफएमलाई सम्मान

बुटवल, १६ असार । नेपाली सेनाले नेपाली सैनिक रेडियो कार्यक्रम निःशुल्क प्रसारण गरेर सहयोग गरेको भन्दै बुटवल एफएमलाई कदर पत्रले सम्मान गरेको छ । जबरजंग गण बुटवल रामनगरमा आयोजित कार्यक्रममा नंम्बर २२ बाहिनी अड्डा बुटवलका सहायक बाहिनीपति महासेनानी ध्रुबप्रकाश साहले बुटवल एफ एमका स्टेसन म्यानेजर राधेश्याम राजभण्डारीलाई कदर पत्र प्रदान गर्नुभएको हो ।
नागरिक सैनिक सम्वन्ध प्रगाढ बनाउन स्थापित सहकार्य अझ कसिलो बनाउन रुपन्देहीको बुटवल एफएम सहित तीन बटा एफएमलाई कदर पत्र प्रदान गरिएको जबरजंग गणका गणपती कर्णेल रमेश लामाले बताउनु भयो । नेपाली सैनिक रेडियो कार्यक्रम देशका ७४ जिल्लाका १४० वटा रेडियो स्टेशनबाट प्रशारण हुने गर्दछ ।