नवलपरासी, १६ असार । बाढिले कुलो बगाई दिएपछि नवलपरासीको देउराली गाउँ बिकास समितिमा पर्ने एक सय ६० बिगाहा जमिनमा धान रोपाईको का रोकिएको छ । गिरबारी खोलामा आएको बाढीले देउराली गाउँ बिकास समिति वार्ड नं. ४ मा रहेको आकाशे कुलाको बाँध भत्काईदिएपछि सोही गाबिसको वार्ड नं. २, ३ र ४ मा रहेको १ सय साठी बिगागा खेतको रोपाईको काम बन्द भएको स्थानीय पिताम्बर कोईरालाले जानकाकरी दिनुभयो ।
स्थानीय गांउलेहरुको चन्दा र जनश्रमदानबाट निर्माण गरेको कुलाको बांध खोलाले बगाईदिएपछि अब धान रोप्न आकाशे पानीको भर पर्नु पर्ने भएको कोईरालाले बताउनु भयो । गिरबारी खोलामा भएको अत्यधिक दोहनका कारण खोलाको तल्लो भेगमा गहिरो खोल्सो परेपछि पानीको बहाव तेज भएर कुलोको बांध खोलाले बगाएको किसानहरु बताउँछन् ।
बांध निर्माकालागी बिभिन्न सरोकारवाला निकायमा पहल गरेपनि कतैबाट सुनुवाई नभएको स्थानीय गुरुप्रसाद खनालले गुनासो गर्नुभयो । स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई समेत स्थलगत निरीक्षण गराई सहयोगको अपेक्षा गरेका छन् । सो बाँध निर्माणकालागि करिव ३० लाख रुपैंया लागत लाग्ने उनीहरु बताउँछन् ।