बुटवल, १६ असार । बुटवलमा लामो समयदेखि सामाजिक सेवामा समर्पित संस्था प्रतिमा बस्नेत स्मृती संस्था बुटवल ४ रुपन्देहीले आज रक्तदान गरेको छ ।
सवारी दुर्घटनामा परि मृत्यू भएकी बुटवल ४ निवासी नरेन्द्र बस्नेतकी छोरी स्व. प्रतिमा बस्नेतको स्मृतीमा स्थापित सो संस्थाले दुर्घटनामा परेका घाईतेले रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले नियमित रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । हरेक ६—६ महिनामा गरिंदै आएको सो नियमित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको स्व. प्रतिमा बस्नेतका पिता अध्यक्ष नरेन्द्र बस्नेतले बताउनु भयो ।
नेपाल रेडक्रस सोसायटी रुपन्देहीका अध्यक्ष प्रेमलाल उदासको आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा मितेरी सहकारी तथा मजुवा बस्ती बिकास समितिका अध्यक्ष महेन्द्र शर्मा अर्याल, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ का सचिव नारायण श्रेष्ठ, गढिटोल बिकास समितिका अध्यक्ष अशोक राई, समयदेवी टोल समितिकी अध्यक्ष सामा श्रेष्ठ, गढिटोल समितिकी सचिव लक्ष्मी पन्तलगाएतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।