रोईनिहवा खुला दिसा मुक्तसंगै पूर्ण खोपयुक्त

624

रोईनिहवा खुला दिसा मुक्तसंगै पूर्ण खोपयुक्त

मणिग्राम, १६ असार । रुपन्देहीको रोईनिहवा गाउँ बिकास समितिलाई खुला दिसा मुक्तसंगै पूर्ण खोपयुक्त गाउँ घोषणा गरिएको छ ।
रुपन्देहीको दक्षिणी भेगमा पर्ने मर्चवार क्षेत्रको सो गाउँ बिकास समितीलाई बुधबार एक कार्यक्रमका बिच रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकालले खुला दिसा मुक्त गाउँसंगै पुर्ण खोपयुक्त गाउँ भएको घोषणा गर्नुभएको हो । सो घोषणा गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले भन्नुभयो–‘खुल्ला दिशामुक्त र पुर्ण खोप युक्त गाबिस घोषणा हुनु आफैमा उत्तम कार्य भएपनि यसको पुर्ण कार्यान्वयन गर्न सके धेरै रोगबाट वँच्न सकिनेछ ।’
सो कार्यक्रममा स्थानीय बिकास अधिकारी युबराज सुवेदी, वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाईं, गाउँ स्वच्छता समन्वय समितीका सह संयोजक बैजनाथ पाठक, गाबिस सचिव हकहित संरक्षण केन्द्रका ओमबहादुर मल्ल, प्रकोप व्यवस्थापनका जगन्नाथ कुर्मीलगायतले भनाई राख्नुभएको थियो ।
कुल ७ सय ५० घरमा सौचालय निर्माण भएको सो गाउँ बिकास समितिका सचिव नारायण ठडराईले जानकारी दिनुभयो । स्वास्थ्य चौकी ईन्चार्ज नगेन्द्रनाथ गुप्ताको स्वागत तथा गाउँ बिकास समितिका कार्यालय सहायक बसन्तराम यादवको सञ्चालनमा कार्यक्रम भएको थियो ।
सोही अवसरमा रोईनिहवा गाउँ बिकास समितिमा रहेको स्वास्थ्य चौकी भवनको समेत उद्घाटन गरिएको छ । नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले सो स्वास्थ्य चौकीमा डाक्टरको दरवन्दीको पहल गर्ने बताउनु भयो । एक करोड ५८ लाखको लागतमा सो भवन निर्माण गरिएको थियो ।