बुटवल, १६ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा रहेको गौतम बुद्धको मूर्तिलाई हटाएर महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक राख्ने निर्णय गरिएको भन्दै विभिन्न संघ संस्थाहरुले विरोध जनाएका छन् ।
असार १२ गते प्रमुख जिल्ला अधिकारी विष्णु ढकालको अध्यक्षतामा बसेको बैठकले सिद्धार्थ गौतम बुद्धको मूर्ति हटाएर सो स्थानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक राख्ने निर्णय गरेको थियो ।
नेपाल बौद्ध महासंघ, अखिल नेपाल भिक्षु महासंघ, नेपाल तामाङ घेदुङ, धर्मोदय सभा, नेपाल परम्परागत बुद्ध धर्म संघलगायत संघसंस्थाले विज्ञप्ति जारी गर्दै उक्त
निर्णय सच्याउन माग गरेका छन् ।
पवित्र बुद्धभुमि लुम्बिनी परिसरमा रहेको मुर्ति एकलौटि र मनोमानि ढंगले हटाउने निर्णयले धार्मिकमा आस्थामा ठेस पुगेको विज्ञप्तिमा उल्लेख छ ।