ट्युनिशियाली नै आक्रमणकारी भएको आशङ्का

334

ट्युनिशियाली नै आक्रमणकारी भएको आशङ्का

ट्युनिश, १६ असार । टर्कीको विमानस्थलमा बुधबार भएको आतङ्ककारी आक्रमणमा मारिएका एकजना ट्युनिसियालीलाई टर्कीको उक्त आक्रमणको दोषीका रुपमा आशङ्का गरिएको छ ।

मारिने ती व्यक्ति पटक पटक टर्की गएको खुलेको छ । उनी गएका केही महिनायता पटक पटकसम्म टर्की पुगेको देखिएको हो ।

टर्कीमा भएको उक्त आक्रमणमा इस्लामिक स्टेट्स आइएसले जिम्मेवारी नलिएको भएपनि बारम्बार उक्त अतिवादी संस्थाले नै सो हमला गरेको बताउने गरिएको छ ।

टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले सो हमलमा आइएसको हात रहेको भनी हिजोदेखि नै भन्दै आउनुभएको हो । उहाँका अनुसार आक्रमणको प्रकृति र यसको हमलाको शक्तिको आँकलन गर्र्दा त्यस्तो देखिएको हो ।
ती ट्युनिसियालीको नाम फथी बेयुद रहेको छ । उनी यसअघि बारम्बार टर्की जाने गरेका र उनले आफ्नो छोरा टर्कीमा आइएसमा लागेको भनेर थुनामा परेकोले उसलाई छुटाउनका लागि गएको भनी कारण दिने गरेका थिए ।
उनको छोरा सिरियामा आइएसमा जानका लागि हिँडेको र टर्कीमा पक्राउ गरी जेलमा राखिएको बताइएको थियो ।
यस पटक पनि उनले आफ्नो छोराको रिहाईका लागि आवश्यक प्रक्रिया पु¥याउनका लागि टर्की गएका जनाएका थिए ।
ट्युनिसियाको रक्षामन्त्रालयले पनि उनी यस पटक टर्की गएको कारणमा त्यही रहेको पत्ता लागेको जनाएको छ ।

टर्कीको बम हमलामा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो, अधिकांश घाइतेको अवस्था गम्भीर

यसैबीच प्राप्त एक समाचारमा इस्तानबुलको अन्तर्राष्ट्रिय विमानस्थलमा भएका तीन आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको जनाइएको छ ।

बुधबार साँझसम्म उक्त घटनामा परी मारिनेको सङ्ख्या ४१ पुगेको टर्की सरकारले बताएको छ । त्यहाँका घाइतेको अवस्था भने निकै नै गम्भीर रहेको बताइएको छ ।

अस्पतालले घाइते भई उपचारार्थ आएका व्यक्तिको अवस्था गम्भीर रहेको जनाएको छ । सरकारी स्रोतका अनुसार घटनामा घाइते भएका २३९ मध्ये १०९ जना सामान्य उपचारपछि आफ्नो घर फर्किएका छन् भने बाँकी अन्य स्थानीय अस्पतालमा उपचारत छन् ।

इस्तानबुल आक्रमणमा परी १३ जना विदेशीको मृत्यु भएका र उनीहरू साउदी अरेबिया, इराक, ट्युनिसिया, उज्वेकिस्तान, चीन, इरान, युक्रेन र जोर्डनका नागरिक रहेको टर्कीका एक अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।

सो विमानस्थल पुनः सुचारु गर्न सकिएको छैन । यस विमानस्थल निकै नै क्षतविक्षत रुपमा भत्किएकोले यसको पुनर्निर्मणका लागि पन ठूलै पहल चाहिने बताइएको छ ।

त्यस क्षेत्रमा विमानस्थल सुचारु नभई सुरक्षा व्यवस्थालाई निकै नै कडा पारिएको छ । त्यस्तै विमानस्थको निर्माणका लागि सोचिरहेको जानकरी पनि उहाँले दिनुभयो । रासस÷एएफपी