युनिसेफ चिन्तित

1.3K

युनिसेफ चिन्तित

नाइजमिना, १६ असार । संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले मध्यअफ्रिकी मुलुक चाडमा बालबलिकाको अवस्था गम्भीर भएको भन्दै यसका लागि सहयोग पु¥याउन सबैलाई आग्रह गरेको छ ।

चाडमा करिब २० लाख बालबालिका आधारभूत मानवीय सहयोगबाट वञ्चित रहेको बताइएको छ । यो अवस्था अत्यन्तै दयनीय हो भन्दै यसका लागि सबैको ध्यानकर्षण गराएको हो ।

चाडका लागि युनिसेपफका प्रतिनिधि गियानलुका फ्लामिग्नीले बालबालिकालाई आवश्यक पर्ने आधारभूत वस्तुको पनि यहाँ निकै खाँचो परेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभएको छ– यहासम्म कि बालबालिकाका लागि खाद्यान्न, पोषणलगायतका आधारभूत वस्तुको पनि गम्भीर मानवीय सङ्कट रहेको छ ।

अहिलेको शताब्दिमा पनि खाद्यान्न, पोषण तथा बसोबासको समस्या बालबालिकामा आउनु दुखद हो भन्दै युनिसेफले यसका लागि मुलुकमा व्याप्त द्वन्द्व जिम्मेवार भएको जनाएको छ ।

यस प्रकारको समस्यालाई बेलैमा सम्बोधन गर्न सम्बद्ध सबैले सचेत नबनेमा स्थिति भयावह हुने भन्दै युनिसेफले समस्या समाधानका लागि यथासम्भव पहल गर्न सबैको ध्यानाकर्षण गराइएको बताएको छ ।

यहाँ द्वन्द्व र खाद्यान्न सङ्कटका कारण प्राय मुलुकको आर्थिक अवस्था कमजोर रहेको बताइएको छ । द्वन्द्वका कारण पहिलो असर बालबालिकामा परेको पनि जनाइएको छ ।

शिक्षा र स्वास्थ्यमा विशेष ध्यान नदिइँदा बालबालिका तथा युवाको भविष्य अन्धकारतिर धकेलिएको युनिसेफले बताएको छ । देशमा उत्पन्न हुने हिंसात्मक विद्रोहको तारो बालबालिकालाई बनाइन नहुने धारणा युनिसेफको रहेको छ । रासस÷एएफपी