अलेपो प्रान्तमा ७० व्यक्तिको मृत्यु

194

अलेपो प्रान्तमा ७० व्यक्तिको मृत्यु

बेरुत, १७ असार । उत्तरी सिरियामा सरकारी सुरक्षाबल र जिहादीबीच भएको झडपपछि सेनाले गरेको जवाफी कारबाहीको क्रममा कम्तीमा ७० व्यक्ति मारिएका छन् ।

यसमा परी सरकारी सैनिक र विद्रोही लडाकूहरु मारिएका बताइएको छ । गत २४ घण्टायता गरिएको यस कारबाहीमा ती व्यक्तिको मृत्यु भएको मानवअधिकारवादी समूहले जनाएको छ ।

अलेपोको अल मलेहमा भएको यस कारबाही र झडपमा परी ३० जना सरकारी सैनिक र ३९ जना विद्रोही लडाकू मारिएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

यसमा परी मारिनेहरुमा अल नुस्रा फ्रन्ट र अल कायदाका आतङ्ककारीहरु परेका अब्जभेटरीका प्रमुख रामी अब्दुल रहमानले बताउनु भएको छ ।

यस झडपको क्रममा विद्रोहीले सरकारी बललाई लक्ष्यगी दुई वटा कारबम आक्रमण गरेको जनाइएको छ ।

अब्जभेटरीका अनुसार अलेपो विद्रोहीको बलियो प्रभाव रहेको नगर हो । सरकारी सुरक्षाबलद्धारा गरिएको बम आक्रमणमा दुई बालबालिकाको पनि मृत्यु भएको छ ।