वैदेशिक व्यापार घट्यो

1.3K

वैदेशिक व्यापार घट्यो

galaicha

काठमाडौँ, १७ असार । नेपालको वैदेशिक व्यापार गत वर्ष भन्दा घटेको छ । गत वर्षको तुलनामा ५।७ प्रतिशतले ह्रास आर्ई ७४१।७७ अर्ब रहन गएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याङ्कअनुसार आव २०७२÷७३ को ११ महिनाको कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ८।२ प्रतिशत र ९१।८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २३।१ प्रतिशतले ह्रास आई ६०।८२ अर्ब तथा कुल पैठारीमा ३।८ प्रतिशतले ह्रास आई ६८०।९५ अर्बमा सीमित हुन पुगेको छ ।

उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, टुथपेस्ट, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना सल, जडीबुटी आदि प्रमुख रहेका छन् ।

नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत, टर्की, चीन, जापान, फ्रान्स, इटाली, क्यानडा, बङ्गलादेश, अस्ट्रेलिया, नेदरल्यान्ड्स र भियतनाम रहेका छन् । त्यस्तै पैठारी व्यापारमा भारत, चीन, युएई, इन्डोनेसिया, स्विट्जरल्यान्ड, थाइल्यान्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, क्यानडा, फ्रान्स, मलेसिया, जापान, साउदी अरेबिया र भियतनाम आदि प्रमुुख रुपमा रहेका छन् ।

नेपालको व्यापारिक साझेदारहरुमध्येको प्रमुख साझेदार भारततर्फको निर्यात तथा आयातमा क्रमशः ३३।७ प्रतिशत र ६।२ प्रतिशतले ह्रास आएको देखिन्छ । परिणामतः आव २०७२÷७३ को ११ महिनाको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १।३ प्रतिशतले ह्रास आई नेपालको कुल व्यापार घाटा ६२०।१३ अर्बमा सीमित हुन गएको छ ।