सरकारी मेडिकल कलेज बनाउन हस्ताक्षर अभियान

1K

सरकारी मेडिकल कलेज बनाउन हस्ताक्षर अभियान

hastakshar 1

बुटवल, १७ असार । लुम्बिनी अञ्चल अस्पताललाई “लुम्बिनी स्वास्थ्य बिज्ञान प्रतिष्ठान (सरकारी मेडिकल कलेज) बनाउनका लागि हस्ताक्षर अभियान थालिएको छ ।
कार्यक्रमको समाजसेवी गणेशमान शैजुले बुटवलमा उद्घाटन गर्दै ईतिहांस बोकेको अस्पतालको स्तरवृद्धिका साथै समग्र विकासमा युवाहरुको निरन्तर र सक्रिय भूमिका आवश्यक रहेको वताउनु भयो ।
अभियानका बारेमा जानकारी दिंदै अभियन्ता मुक्तिप्रसाद पौडेलले तीन दिनसम्म रुपन्देहीका सबै टोलटोलमा पुगेर नागरिकलाई अभियानका बारेमा जानकारी दिनका लागि हस्ताक्षर संकलन गरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा.प्रकाश बुढाथोकी, वरिष्ठ चिकित्सक डा.कृष्ण खनाल, डा. ईन्द्र ढकाल, नेपाल स्वस्थ्यकर्मी संघका नमनारायण बेल्वासे, मेडिकल ल्याबे्रट्योरी एशोसियसन नेपालका अध्यक्ष गुणनीधि खनाल लगायतले अभियानको सफलताको शुभकामना दिनु भएको थियो ।