लिबिया, १७ असार । संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त लिबियाली गठबन्धन सरकारले शुक्रबार आफ्ना चार मन्त्रीलाई पदबाट हटाएको छ ।
गठबन्धन सरकारले त्रिपोलीमा आफ्नो कार्यालय स्थापना गरेको तीन महिना नबित्दै पुराना मन्त्रीहरुलाई हटाउने निर्णय गरेको छ ।
उनीहरु सत्ताबाट बाहिरिनुलाई उत्तर अफ्रिकी यस मुलुकको पूर्वी क्षेत्रमा प्रभाव रहेको समानान्तर प्रशासनसँग एकता प्रयासस्वरुप लिइएको परिवर्तनका रुपमा व्याख्या गरिएको छ ।
पदबाट हटाइएका मन्त्रीहरु राष्ट्रिय सहमतिको सरकारको जिम्मेवारी सम्हाल्न अस्वीकार गर्दै करिब एक महिनादेखि निष्कृय रहेको सरकारले बताएको छ ।
निलम्वित मन्त्रीहरुमा न्याय, अर्थतन्त्र एवम् उद्योग, वीत्त र राष्ट्रिय पुनःमिलन मन्त्री रहेको बुझिएको छ ।
उनीहरु सबैले मुलुकको पूर्वी क्षेत्रबाट प्रतिनिधित्व गर्दै आएका थिए ।