बग्दादमा आक्रमणमा ७५ को मृत्यु

1.3K

बग्दादमा आक्रमणमा ७५ को मृत्यु

afganisthan attack by taliban

आइएसद्वारा आक्रमणको दाबी

बग्दाद, १९ असार । इराकको राजधानी बग्दादको ब्यापारिक इलाकामा आइतबार बिहान सबेरै भएको एक आत्मघाती कारबम आक्रमणमा कम्तीमा ७५ व्यक्तिको मृत्यु भएको छ ।

राजधानी बग्दादमा यस बर्षमा भएका एकल आक्रमणहरुमा यो सब भन्दा भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणमा परी अन्य १३३ जना घाइते भएका छन् । सो विस्फोटन बग्दादको कर्रादा क्षेत्रमा रहेको सडकमा भएको थियो ।

मुसलमान समूदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको लागि धेरै व्यक्तिहरुको किनमेल गर्न जान आवातजावत सडकमा सो विस्फोटन गराइएको थियो ।
यस कारबम आक्रमणको इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले एक विज्ञप्ति प्रकाशित गरी जिम्मा लिएको छ । इराकमा आइएस आतङ्ककारी समूहले बारम्बार सिया मुसलमान समूहलाई लक्ष्यगरी आक्रमण गर्दै आएको पाइन्छ । बग्दाद र इराकभरी नै यस्ता आक्रमण बारम्बार हुने गरेका छन ।

इराकको फल्लुजा सहर आइएस लडाकू समूहबाट पूर्णरुपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको बताइएको छ । फल्लुजा इराकको राजधानी बग्दादबाट ५० किलोमिटर पश्चिममा पर्दछ ।

सरकार विरोधी यी लडाकूहरुले सन् २०१४ को सुरुबाट नै इराकको फल्लुजा सहर कब्जा गर्दै आएका थिए । फल्लुजा सहर आइएस आतङ्ककारी समूहको एक बलियो प्रभाव रहेको सहरको रुपमा रहेको थियो । इराकी सुरक्षाबलले गत मेबाट सो सहर पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीपछि गत हप्ता सुरक्षाबलले नियन्त्रणमा लिएको थियो । रासस÷एएफपी