स्याङ्जामा जिप दुर्घटना

423

स्याङ्जामा जिप दुर्घटना

वालिङ, १९ असार । स्याङ्जाको जगतभञ्ज्याङ– ५ झल्र्याङ्दीमा आज साँझ भएको जिप दुर्घटनामा परी ११ जना घाइते भएका छन् । वालिङ– ५ मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको यात्रुबाहक महिन्द्रा जिप दुर्घटना भएको हो ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालकाअनुसार घाइते हुनेमा चाँपाकोट नगरपालिका– ११ का अमन कौशल गम्भीर घाइते भएका छन् । घाइते कौशललाई थप उपचारका लागि पोखरा पठाइएको छ ।

उनीहरुको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिप कच्ची सडकबाट झन्डै एकसय मिटर तल खोलामा खसेको थियो ।