बुटवल, १९ असार । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद रुपन्देहीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत बिभिन्न माग राख्दै सरकारलाई ज्ञापन पत्र पठाएको छ ।
लुम्बिनी र राप्ती अञ्चल कार्यक्षेत्र रहेको श्रम कार्यालय बुटवलमा रिक्त रहेको कार्यालय प्रमुख र कारखाना निरीक्षक पदमा तत्काल पदपुर्तिको व्यबस्था मिलाउन माग गर्दै आज ईलाका प्रशासन कार्यालय बुटवलमा प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाएको हो ।
कार्यालय प्रमुख र कारखाना निरीक्षक बिहिन हुँदा आईपरेका श्रम सम्बन्धि मुद्धा ओझेलमा परेको र समस्या समाधानका लागि पनि तत्काल कार्यालय प्रमुख र कारखना निरीक्षकको दरवन्दी पुर्ति गर्न नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष हुमाकान्त काफ्लेले आग्रह गर्नुभयो । त्यस्तैगरी सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनीधिहरुको बिचमा भएको सहमति अनुसार राजपत्रमा प्रकाशित व्यबस्था कार्यान्वयन गराउन पनि माग गरिएको छ । २०७२ माघ १८ गतेबाट लागु भएको थप तलव मासिक १ हजार ७ सय रुपैंया कार्यान्वयन गराउनका लागि दवाव दिन सरकारलाई ज्ञापन पत्र पठाएको हो ।
सरकारले राजपत्रमा उल्लेख गरेको न्यूनतम ज्याला अधिकांश प्रतिष्ठानहरुमा कार्यान्वयन नहँदा आफ्नो अधिकारबाट मजदुरहरु अन्यायमा परेको मजदुर नेताहरु बताउँछन् । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष हुमाकान्त काफ्ले, अखिल नेपाल ट्रेडnयुनियन महासंघ रुपन्देहीका अध्यक्ष नारायणबहादुर हमालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा सवारी दुर्घटना हुँदा चालकलाई सवारी ऐन अन्र्तगत हुने कारवाहीमा नेपाल सरकारले कानुन शंशोधन गरी अन्य अपराधी सरह कारवाही गर्ने व्यबस्था ल्याउन लागेको प्रति पनि परिषदले असहमति जनाउँदै खारेजीको माग गरेको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी ढकालले प्राप्त ज्ञापन पत्रलाई तत्कालै सरकार समक्ष पठाउने र यहाँबाट समाधान गर्न सकिने बिषयमा आफूले पनि पहल
गर्ने बताउनु भयो । उहाँले स्थानी श्रम समस्या समाधानकालागि सरोकारवालाई बिच तत्कालै बैठक राख्न मातहतका कर्मचारीलाई निर्देशन पनि गर्नुभयो । सोही अवसरमा यस क्षेत्रमा गैर फर्निचर व्यवसायीहरुको सक्रियता बढेको भन्दै त्यसको नियमन गर्न माग गर्दै फर्निचर संघ रुपन्देहीले पनि ज्ञापन पत्र बुझाएको थियो ।