प्रबुद्ध व्यक्ति समूहको पहिलो बैठक आजबाट राजधानीमा शुरु, १९५० को सन्धिलगायत विषयमाथि छलफल हुने

360

प्रबुद्ध व्यक्ति समूहको पहिलो बैठक आजबाट राजधानीमा शुरु, १९५० को सन्धिलगायत विषयमाथि छलफल हुने

aaकाठमाडौं- नेपाल र भारतबीच १९५० को सन्धिलगायत सबै विषयमाथि अध्ययन गरी प्रतिवेदन दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को पहिलो बैठक  शुरु हुँदै छ । बैठकमा दुईपक्षीय सम्बन्धका समग्र एजेन्डा तथा त्यसको समयसीमा तय गर्ने दुवै पक्षको तयारी रहेको बताइएको छ । वैठक मंगलबारसम्म चल्ने वैठकमा वैठकमा १९५० को सन्धिदेखि जलस्रोत, वाणिज्य, व्यापार, सुरक्षालगायत सबै विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका वेला सदस्य तोकिएसागै पहिलो बैठक काठमाडौंमा राख्ने सहमति भएको थियो । तर, भारतले फागुन ८ मा आफ्नोतर्फका सदस्य तोकेको थियो । भारततर्फका सदस्यहरूका कारण बैठक ढिलो बसेको हो ।

भारतले सांसद भगतसिंह कोसियारीको संयोजकत्वमा पूर्वराजदूत जयन्तप्रसाद, प्राध्यापक बिसी उप्रेती र प्राध्यापक महेन्द्र पी लामा सदस्य रहेको समूह गठन गरेको छ । नेपालका तर्फबाट पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुुर थापा संयोजक तथा पूर्वमन्त्री नीलाम्बर आचार्य, सांसद राजन भट्टराई र पूर्वसचिव एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय सदस्य छन् ।

नेपाल र भारतबीच ३१ जुलाई १९५० मा हस्ताक्षर भएको शान्ति तथा मैत्री सन्धि सधौ विवादमा रहँदै आएको छ । नेपालले सो सन्धिको सुरक्षासाग सम्बन्धित पक्षमा खतरा महसुस गर्दै आएको छ । यो वैठकको मूल एजेन्डा हुनेछ ।