बम आक्रमणमा मृत्युहुने २१३ जना

441

बम आक्रमणमा मृत्युहुने २१३ जना

बग्दाद, २० असार । इराकको राजधानी बग्दादमा आइतबार भएको बम आक्रमणमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २०० नाघेको छ । यसअघि आइतबार बिहान सबेरै भएको हमलामा ११९ जनाको ज्यान गएको जनाइएको थियो । सो हत्यापछि सरकारले सोमबारदेखि तीन दिनसम्मका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

इराकी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार उक्त क्षेत्रमा भएको बम हमलामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २१३ पुगेको हो । आइतबारको आत्मघाती कारबम आक्रमणमा परी घाइते हुनेको सङ्ख्या पनि २०० जना भन्दा बढी रहेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हमलाको जिम्मेवारी इस्लामिक स्टेट्स, (आइएस) ले लिएको छ ।

राजधानी बग्दादमा यस बर्षमा भएका यस्ता हिंसात्मक आक्रमणहरुमा यो सबैभन्दा भीषण आक्रमण भएको बताइएको छ । यस आक्रमणलाई हिंस्रक एवम् भीषण प्रकृतिको भनी सरकारी अधिकारीहरुले प्रतिक्रिया दिएका छन् । रासस÷एएफपी