नेपाल इन्स्योरेन्सका साउदसँग करार भङ्ग

407

नेपाल इन्स्योरेन्सका साउदसँग करार भङ्ग

काठमाडौँ, २० असार । कम्पनीमा नियुक्त हुँदा दिइएको जिम्मेवारी पूरा गर्न नसकेको भन्दै नेपाल इस्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग व्यवस्थापन समितिले करार भङ्ग गरेको छ ।

सञ्चालक समितिको यही असार १७ गतेको बैठकले प्रमुख कार्यकारी अधिकृत साउदसँगको करार सम्झौता आजैको मितिदेखि समाप्त गर्ने निर्णय गरेको बोर्ड सचिव चन्द्रनाथ उप्रेतीले जानकारी दिनुभयो ।

सञ्चालक समितिले उहाँलाई विसं २०७१ साल माघमा चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गरेको थियो । कम्पनीमा नियुक्त हुँदा करारबमोजिम जिम्मेवारी पूरा गर्न नसकेको भन्दै कम्पनीका कर्मचारीले उहाँलाई हटाउन विगत चार महिनादेखि माग गर्दै आएको थिए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृतले कर्मचारीलाई दुव्र्यवार गर्नुका साथै आर्थिक अनियमितता गरेको आरोप समेत लगाएको थियो । उता प्रमुख कार्यकारी अधिकृत साउदले भने आफूसँगको करार भङ्ग गरेको विषयमा आधिकारिक जानकारी नआएको बताउनुभयो ।