व्यवसायिक फर्म नविकरण

1.1K

व्यवसायिक फर्म नविकरण

form
बुटवल, २० असार । बुटवल उद्योग वाणिज्य संघको अनुरोधमा वाणिज्य कार्यालय भैरहवाले आज बुटवल उद्योग वाणिज्य संघबाट व्यवसायिक फर्महरुको नविकरण गरेको छ ।

संघको अनुरोधमा वाणिज्य कार्यालयले प्रत्येक आर्थिक बर्षको समाप्ती अघि बुटवलमा आई यस क्षेत्रका व्यवसायीक फर्महरुको नविकरण गर्ने गर्दछ ।

आज सोमवार वाणिज्य कार्यालयका प्रमुख बेद प्रकाश उपााध्यायको नेतृत्वमा शाखा अधिकृत बिष्णु ज्ञवाली, नायव सुब्वा नारायण पन्थी, इश्वरी ज्ञवाली,लेखापाल शिवलाल अर्याल र कार्यालय सहायक दीपक ज्ञवाली सहितको टोलीले करिव तीन सय व्यवसायीक फर्मको नविकरण गरेको छ ।

व्यवसायीक फर्म नविकरणका लागि संघमा धेरैको भिड लागे पछी बांकी रहेका फर्मको नविकरण संघको पहलमा भैरहवाबाट गरिने संघ सचिवालयले जनाएको छ ।