बुटवल,असार । भ्रष्टचार न्युनिकरण, सचेतना एवं सदचार र शुशासन प्रर्वद्धनको निम्ती बुटवलमा २ दिने साथि शिक्षा प्रशिक्षण कार्यक्रम सुरु भयको छ । भ्रष्टचार बिरुद्धको अभियानलाई बिद्यालय देखी घर समाज सम्म पु्र्याउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्था पारदर्शी सरोकार समुह बुटवलका अध्यक्ष महेन्द्र नारायण श्रेष्ठले बताउनुभयो । बिद्यालय शिक्षा भ्रष्टचार न्युनिकरणको लागी महत्वपुर्ण हुने श्रेष्ठको भनाई थियो । कार्यक्रममा रुपन्देहीका ८ बिद्यालयका शिक्षक र बिद्यार्थि सहभागि रहेका छन् । तालिममा था पारदर्शी सरोकार समुहका कोषाध्यक्ष दिपक ढकाल, महासचिव एवं अधिबक्ता मेहेन्द्र पाण्डे, सदस्य बिक्रम खड्का , अमृता अनमोल र कार्यक्रम अधिकृत देवि डुम्रेले सहजिकरण गर्नुहुने छ । भ्रष्टचारको अवस्था, न्युनीकरण, सदाचार प्रर्वद्धन, सार्वजनिक सेवा प्रवाह र दायीत्व, भ्रष्टचार न्याुनीकरणमा नैतिक शिक्षाको महत्व, जवाफदेहीता लगायत बिषयमा प्रशिक्षण केन्द्रीत हुने पारदर्शी सरोकार समुह कार्यक्रम अधिकृत देवी डुम्रेले जानकारी दिनुभयो ।