बुटवल, २२ असार । नेपाली काँग्रेस संग आवद्ध यातायात व्यवसायीहरुको भेलाले नेपाल यातायात काँग्रेस नामक संस्था गठन गरेका छन ।
नेपाली काँग्रेसको नीति एंव सिद्धान्त प्रति आस्थावान र लोकतन्त्र पक्षधर यातायात व्यवसायीहरुको हालै काठमाडौंमा भएको भेलाले नेपाल यातायात काँग्रेस नामक केन्द्रीय संस्था गठन गरेको हो ।
मूलुक भरि छरिएर रहेका नेपाली काँग्रेसको नीति एंव सिद्धान्त प्रति प्रतिवद्ध रहेका यातायात व्यवसायीहरु संगठित नहुदाँ भोग्नु परेको सम्मस्यालाई मध्य नजर गरि अवका दिनमा आई पर्ने समस्याको समाधान सोही संस्था मार्फत गर्ने समेत उल्लेख गरिएको छ ।
नेपाली काँग्रेसको भातृ संस्थाको रुपमा काम गर्ने गरि मूलुक भरि संचालनमा रहेका बस, मिनी बस, ट्रक, टिप्पर, ट्याङकर, टे«क्टर, कार, भ्यान, जीप, डोजर, लोडर लगाएतका सवारी साधनका मालिकहरुलाई समेटी उतm संस्था गठन गरिएको बताईएको छ । मूलुकको संघीय संरचना अनुसार प्रदेश, जिल्ला तथा नगरस्तरसम्म लोकतन्त्र पक्षधर यातायात व्यवसायीहरुको मजवुद संगठन निर्माण गरि छ महिना भित्र अधिवेशन गर्ने गरि हाललाई यातायात व्यवसायी चोपनारायण श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय तर्दथ समिती गठन गरिएको छ । जसको सह अध्यक्षमा महेन्द्र नगरका खगेश्वर वोहोरारहनु भएको छ ।
संस्थाको सदस्यमा बुटवलका दामोदर ज्ञवाली, कृष्ण प्रसाद न्यौपाने, अर्जुन रानाभाट, परशुराम ढकाल, काठमाडौंका लिलेन्द्र प्रधान, विजय बहादुर स्वार, शम्भु अधिकारी, प्रद्युन्य कार्की, बनेपाका योगेन्द्र कर्मचार्य, धरानका हिरा उदास, धार्दिगंका विश्व अर्याल, होमराज रिजाल, पोखराका सिंह बहादुर कार्की ,बावुराम गिरी, सुर्खेतका विष्णु बहादुर खडका, स्याङजाका भक्त बहादुर केसी, प्रेम पौडयाल, नेपालगञ्जका नारायण साहसी, विरगंजका बैकुन्ठ श्रीवास्तव, धनगढीका मनिराम पाण्डे, टेकराज जोशी, महेन्द्रनगरका होम बहादुर कुवंर, मोहोतरीका रामकिशोर शाह, वाग्लुङका उमेश केसी, चितवनका अशोक पोखरेल, हेटौंडाका उत्सव ईटनी, झापाका लय भण्डारी, सिन्धुलीका गणेश
सिलवाल,र चितवनका राम प्रसाद सुवेदी रहनु भएको छ ।