पण्डित भट्टराइको शोक सभा

355

पण्डित भट्टराइको शोक सभा

pandit baburam
बुटवल, २२ असार । स्व पत्रकार पण्डित बाबुराम भट्टराइको निबासमा शोक सभा भएको छ । पांचौ दिनको पुण्य तिथिको अबसरमा प्रेस सोसाइटी नेपाल रुपन्देहीले शोकसभा आयोजना गरेको हो ।

सो अवसरमा बोल्ने बक्ताहरुले स्व पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी बाबुराम भट्टराइ एउटा बिलक्षण प्रतिभाको धनी भएको चर्चा गरेका थिए । उनीहरुले नेपाली पत्रकारिता तथा साहित्यमा उहाको योगदानलाइ शब्दबाट सम्मान गरेरै नसकिने उल्लेख गरे । कार्यक्रममा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रीय सल्लाहकार निमानन्द गैरेले स्व भट्टराइलाइ मुलुकले चिन्न नसकेको बताउनुभयो ।

एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठले स्व पत्रकार भट्टराइको लेखनीको प्रशंसा गर्नुभयो । कांग्रेस क्षेत्रीय समिति ४ का सभापति  हरि लम्सालले पण्डितको सम्मानमा नाम रहनेगरि प्रतिष्ठान बनाउने पहल थाल्नुपर्ने र आफ्नो सहयोग रहने बताउनुभयो । सो अबसरमा उपस्थित लेखक तथा साहित्यकार गुरुदत्त ज्ञवालीले लेखेको पण्डित बाबुराम भट्टराइलाइ समर्पित कबिता पनि बाचन गरेर सुनाइएको थियो ।

शोकसभामा पत्रकारहरु डिआर घिमिरे, अर्जुन ज्ञवाली, मदनलाल पौडेल, दीपक ज्ञवाली, बसन्तराज खनाल, रुद्रहरी कुवर, बिक्रम खड्का, अमृत गिरी, दुर्गा सुेबदी, श्यामलाल पोखरेल, एमाले नेता तेजेन्द्र केसी, उद्योगी खिम श्रेष्ठ लगायतले बोल्दै स्व भट्टराइको निधनले अपूरणीय क्षति भएको बताएका थिए । कार्यक्रमको संचालन प्रेस सोसाइटी नेपाल रुपन्देहीका अध्यक्ष भुवन कार्कीले गर्नु भएको थियो ।