सदाचार साथी शिक्षा कार्यक्रम

493

सदाचार साथी शिक्षा कार्यक्रम

t i
बुटवल, २२ असार । ट्रान्सफरेन्सी ईन्टरनेशनल सँग आबद्ध पारदर्शी सरोकार समुह बुटवलको आयोजनामा सदाचार साथी शिक्षा कार्यक्रम अन्तर्गत दुई दिने तालिम सम्पन्न भएको छ ।

असार २१ गते देखि सुरु भएको तालिममा बुटवल आसपासका ८ जना विद्यार्थी र ८ जना शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यार्थी एवं शिक्षकहरुले पनि भष्टचार, सदाचार र सुशासनको काम गर्न सकिने भन्दै पारदर्शी सरकोकार समुह बुटवलले तालिमको आयोजना गरेको पारदर्शी सरोकार समुह बुटवलका कोषाध्यक्ष दिपक ढकालले जानकारी दिनुभयो ।

तालिममा पारदर्शी सरोकार समुह बुटवलका कोषाध्यक्ष दिपक ढकाल, महासचिव महेन्द्रप्रसाद पाण्डे, सदस्य अमृता अनमोल, विक्रम खड्का, कार्यक्रम अधिकृत देवकला डुम्रेले प्रशिक्षण दिनु भएको थियो ।

समापन कार्यक्रममा पारदर्शी सरोकार समुह बुटवलका अध्यक्ष महेन्द्रनारायण श्रेष्ठको अध्यक्षता सदस्य लालहरी पाण्डेको स्वागत एवं सदस्य शंकर कोइरालाको धन्यवाद मन्तव्यमा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम अधिकृत देवकला डुम्रेले गर्नु भएको थियो ।