शशांकको स्वास्थ्यमा सुधार, आँखा खोले

264

शशांकको स्वास्थ्यमा सुधार, आँखा खोले

 

Dr-Shashank-Koirala

  • काठमाडौँ,  २३ असार । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

    चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारको तुलनामा सुधार हुँदै गएको छ ।

    उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन अस्पतालमा आयोजित पत्रकारसम्मेलनमा डा लव जोशीले महामन्त्री कोइरालाले अहिले आँखा खोल्ने र ‘चिन्नुभयो ? भन्दा टाउको हल्लाउने’ अवस्थामा पुग्नुभएको बताउनुभयो ।

    आवश्यक थोरै औषधिका साथ भेन्टिलेसनमा राखिरहेका कारण खतरामुक्त भन्न नसकिने जानकारी गराउँदै डा जोशीले भन्नुभयो, “यही अवस्था रहिरहे एक¬ दुई दिनमा पुनः स्वस्थ अवस्थामा फर्कनुहुन्छ ।”

    डा जोशीले यही अवस्थामा स्वास्थ्य सुधार हुँदै गए आज साँझसम्ममा भेन्टिलेटरबाट बाहिर निकाल्न सकिने जानकारी दिनुभयो । “तर हामी हतार गर्दैनौँ”, उहाँले भन्नुभयो ।