विदेश भ्रमणमा सदनको अनुमति आवश्यक : काँग्रेस

521

विदेश भ्रमणमा सदनको अनुमति आवश्यक : काँग्रेस

congress

काठमाडौँ, २४ असार । व्यवस्थापिका संसद्को आजको शून्य समयमा बोल्ने सांसदले व्यवस्थापिका–संसद्को अनुमति बेगर सांसदलाई विदेश भ्रमणमा जान नपाइने व्यवस्था गर्न माग गर्नुभएको छ ।

उहाँहरुले केही समयअघि नक्कली सहयोगी खडा गरेर त्यसै अनुसारको कागजात बनाएर सांसदले पदीय दुरुपयोग गरेको आरोप लगाउँदै उक्त घटनाको छानबिन गर्न माग गर्नुभयो ।

नेपाली काँग्रेस संसदीय दलका सचेतक ईश्वरी न्यौपाने र सांसद अम्बिका बस्नेतले व्यवस्थापिका संसद्को अनुमतिबिना विदेश भ्रमण जान नपाउने व्यवस्था आवश्यक देखिएको धारणा राख्नुभयो ।

सहयोगीको नाममा नक्कली कागजात बनाएर विदेश उठाउने कामले सांसदको गरिमा र मर्यादामा आँच पुगेको बताउँदै उहाँहरुले विदेश जान चाहनेले पार्टी र संसद्को स्वीकृति लिएर मात्र जाने व्यवस्था होस् भन्नुभयो ।

नेकपा (एमाले)का सांसद कमला घिमिरेले ओखलढुङ्गा, रामेछाप र सिन्धुलीस्थित सुनकोसी नदीको कोलन्जोर घाटमा पक्की पुल निर्माणका लागि आवश्यक सर्वे भए पनि किन बजेटको व्यवस्था गरिएन भनी प्रश्न गर्नुभयो ।