सुडानमा गोली हानाहान

1.3K

सुडानमा गोली हानाहान

south sudanदक्षिण सुडान, २६ असार । दक्षिण सुडानको राजधानी जुवामा आइतबार झडप  भएको  छ ।

विद्रोही र सरकारीबलबीच भएको दोहोरो गोली हानाहानमा करिब १५० लडाकूको मृत्यु भएको दुई दिन पछाडी पुनः आइतबार भीषण झडप सुरु भएको बताइएको छ ।

गत शुक्रबार साँझ राष्ट्रपति भवनवरपर भएको झडपमा कम्तीमा १५० व्यक्तिको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघको भवन भएको इलाकामा पुनः भारी हतियारधारी व्यक्तिहरुले गोली प्रहार गर्न सुरु गरेका बताइएको छ । दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघीय मिसनले ट्वीटरमार्फत जनाएको छ ।

संयुक्त राष्ट्रसंघको भवननजिकै पूर्व विद्रोही र सरकारी सैनिकबीच झडप सुरु भएको बताइएको छ । यस अघि नै यस इलाकामा भएको झडपको कारण करिब २८ हजार व्यक्ति घरवारबिहीन भईसकेका छन् ।

यो हिंसा दक्षिण सुडानले आफ्नो पाँचौ स्वतन्त्रता दिवस मनाएको एक दिनपछि भएको छ । विश्वको नै सवभन्दा कान्छो देश दक्षिण सुडानमा सन् २०१३ को डिसेम्बर महिनाबाट गृहयुद्ध सुरु भएको थियो । रासस÷एएफपी