पाल्पा, २८ असार । कोलडाँडा गाविस–९ का १४ वर्षीय बालक डोलबहादुर आले घरबाट बेपत्ता भएकामा अहिलेसम्म फेला परेका छैनन् ।
तीन महिना अघिदेखि उनी कहाँ, कस्तो अवस्थामा रहेका छन् भन्ने घर परिवारलाई जानकारी नभएको आफन्तले बताएका छन् ।
स्थानीय बुद्ध विकास माविमा कक्षा ५ मा अध्ययनरत आले घरबाट निस्केपछि तीन महिनासम्म सम्पर्कविहीन अवस्थामा रहेको उनका बुबा विष्णु आलेले बताउनुभयो ।
स्थानीय बासिन्दा तथा सामाजिक परिचालिका जीवा गाहाका अनुसार पटकपटक प्रहरीलाई बालकको खोजीका लागि जानकारी गराए पनि प्रहरीले चासो नै नदेखाएपछि आफन्त निरास बनेका छन् ।