‘अगुवा गुमाउदा पत्रकारिताले सिक्ने धरोहर गुमायो’

1.3K

‘अगुवा गुमाउदा पत्रकारिताले सिक्ने धरोहर गुमायो’

pandit baburamबुटवल, २८ असार । स्व. पत्रकार पण्डित बाबुराम भट्टराईको ११ औ पुण्य तिथीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले श्रद्धान्जली शभा गरेको छ ।

पत्रकार महासंघको हलमा भएको कार्यक्रममा स्वर्गिय पत्रकार भट्टराई प्रति महासंघका पुर्व अध्यक्ष सल्लाहकार पत्रकार लगायले श्रद्धान्जली व्यक्त गरेका थिए ।

श्रद्धान्जली सभामा बोल्दै उनीहरुले भट्टराईले पत्रकारिता क्षेत्रमा दिएको योगदानको प्रशंसा गरे । पत्रकारिताको अगुवा गुमाउदा रुपन्देहीको पत्रकारिताले सिक्ने धरोहर गुमाएको पत्रकार वालकृष्ण चापागाईले बताउनुभयो ।

पत्रकार महासंघका पुर्व अध्यक्ष बाल कृष्ण चापागाइले स्व पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी बाबुराम भट्टराइ एउटा प्रतिभाको धनी भएको उल्लेख गर्नुभयो ।

महासंघका पुर्व अध्यक्ष हरि लम्सालले पत्रकारिताको धर्मलाई निर्वाह गदै निरन्तर ६० को दशक सम्म पत्रकारितालाई अंगाल्नु आफैमा चुनौतिपुर्ण काम बताउनु भयो ।

श्रद्धाञ्जली सभामा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार रामराज पोख्रेल, पुर्व अध्यक्षहरु मोहन चापागाई, डिआर घिमिरे, सल्लाहकार खिमानन्द भट्टराई, प्रेस चौतारीका सचिव भरत केसी, जिल्ला अध्यक्ष अमृत गिरी, प्रेस युनियनका सभापती बिक्रम खड्का, गुनाराम घिमिरे, प्रकाश डुम्रे, मदनलाल पौडेल इन्दिरा अर्याल लगायतले बोल्नुभयको थियो ।

३० बर्षदेखि सक्रिय पत्रकारिता गर्नुभएका भट्टराईको असार १९ गते हृदयघातका कारण निधन भएको थियो ।