छन्त्याललाई सम्मान

470

छन्त्याललाई सम्मान

बुटवल, २८ असार । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, रुपन्देहीका नवनिर्वाचित अध्यक्ष दलबहादुर छन्त्याललाई आज बुटवल–१४ ढबाहमा स्वागत तथा सम्मान गरिएको छ ।

नेपाल छन्त्याल संघ, जिल्ला समिति, रुपन्देहीले एक कार्यक्रमबीच अध्यक्ष छन्त्याललाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले अध्यक्ष छन्त्याल नेतृत्व कार्यसमितिको कार्यकाल सफलताको कामना गदैं छन्त्याल संघले त्यसमा पुरा साथ दिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

उनीहरुले सबै एकल जातीय संघ–सस्थाका अध्यक्ष, कार्यसमिति र सल्लाहकारको सुझाव अनुसार अघि बढ्न अध्यक्ष छन्त्याललाई वक्ताहरुले सल्लाह दिएका छन् । कार्यक्रममा संघका निवर्तमान केन्द्रीय अध्यक्ष लक्ष्मीप्रसाद छन्त्याल, बुटवल उपमहानगरपालिका प्रारम्भिक समितिका अध्यक्ष रामबहादुर छन्त्याल, फुटं बहादुर छन्त्याल, उदयसिंह छन्त्याल, भुपालसिंह छन्त्याल, इन्द्र छन्त्याल लगायतले शुभकामना बधाई मन्तव्य राख्नुभएको थियो ।

संघका कार्यवाहक अध्यक्ष भरत छन्त्यालको अध्यक्षता, सहसचिव ओमी छन्त्यालको सञ्चालन तथा सल्लाहकार गंगाबहादुर छन्त्यालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । छन्त्याल संघ, रुपन्देहीका अध्यक्ष समेत रहनुभएका छन्त्याललाई असार २५ गते बुटवलमा भएको महासंघको पांचौं अधिवेशनले निर्विरोध अध्यक्ष निर्वाचित गरेको थियो ।