वुद्ध स्थलको विकासमा सहयोग जुटाउन आग्रह

1.3K

वुद्ध स्थलको विकासमा सहयोग जुटाउन आग्रह

बुटवल, २८ असार । लुम्बिनी सास्कृतिक नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकास गर्नुपर्ने स्थानीयले सुझाव दिएका छन् ।

लुम्बिनी सास्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनीहरुले वुद्ध स्थलको विकासमा सहयोग जुटाउनसमेत नगरपालिकासंग आग्रह गरे ।

लुम्बिनी विकास कोषले लुम्बिनीको साढे ११ सय बिगाह  क्षेत्रमा मात्रै विकास गर्दा नगरपालिकाको अरु क्षेत्र ओझेलमा परेको उनीहरुले गुनासो गरे  । नगरपालिकाले लुम्बिनी विकास कोष, यहाका गुम्बा र संघसस्था लगायतसंग समन्वय गरेर पनि विकासका लागि पहल गर्नुपर्ने उनीहरुले बताए ।

लुम्बिनी कृषिका लागिसमेत पकेट क्षेत्र भएको बताउदै स्थानीयले यहांको भुमि सिचाईकालागि नहर निर्माण, कृषि सडक निर्माण लगायतमा पनि बजेट विनियोजन गर्न आग्रह गरे । लुम्बिनीलाई अहिंसाको धरोहर बनाउनुपर्ने, नगरपालिका भित्रका सार्वजनीक स्थल संरक्षण गरेर वुद्ध अध्ययन केन्द्र बनाउनु पर्ने, स्थानीयलाई वुद्ध अध्ययनमा प्रेरणा दिनुपर्ने लुम्बिनीवासीले माग गरे ।

स्थानीयले उठाएका प्रश्न तथा सवालमाथि सहायक प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, लुम्बिनी सास्कृतिक नगरपालिकाका कार्यकारी अधिकृत यमबहादुर कुंवर, शाखा अधिकृत बनारसीप्रसाद हरिजन, योजना शाखाका नासु मिनप्रसाद पौडेल, पशु सेवा केन्द्रका साधु शरण चौधरी, कृषि सेवा केन्द्रका  विष्णु प्रसाद चौधरी लगायतले जवाफ दिनुभएको थियो ।

कार्यक्रम लुम्बिनी सास्कृतिक नगरपालिकाका कार्यकारी अधिकृत यमबहादुर कुंवरको अध्यक्षता र पत्रकार अमृता अनमोलको सञ्चालनमा सम्पन्न भएको थियो ।