मलालाद्वारा विश्वकै ठूलो शरणार्थी शिविर भ्रमण

1.3K

मलालाद्वारा विश्वकै ठूलो शरणार्थी शिविर भ्रमण

mallaकेन्या, २९ असार । नोबेल पुरस्कारद्वारा सम्मानित पाकिस्तानी समाजसेवी युसुफ मलाला आफ्नो १९ औँ जन्मदिनको अवसरमा केन्यास्थित विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरको भ्रमण गरी शरणार्थी समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्नुभएको छ ।

मलाला सन् २०१५ देखि नै केन्याको ददावस्थित शरणार्थी शिविरमा जीवनयापन गर्दै आएका केटीहरुको समूहसँग स्काइप नामक सामाजिक सञ्जालको माध्यमबाट निरन्तर सम्पर्कमा हुनुहुन्थ्यो, उहाँका प्रवक्ता टेलर रोयलले बताउनुभयो ।

भ्रमणका क्रममा मलालाले शिविरका तिनै केटीहरुको समूह लगायत शिविरवासी अन्य शरणार्थी तथा शरणार्थी शिविर व्यवस्थापनसँग भेट्नु हुने कार्यक्रम भएको प्रवक्ता रोयलले बताउनुभयो ।

ददावमा करिब तीन लाख मानिसले शरणार्थी जीवन बिताइरहेका छन् । शरणार्थीमध्ये अधिकांश सोमालियाली नागरिक रहेका छन् ।

करिब २५ वर्षको अवधिमा शिविरलाई आफ्नो घर र समाज बनाई बसेका शरणार्थीको चासोप्रति मलालाको भ्रमणले विश्वको ध्यान केन्द्रित गर्ने विश्वासका साथ भएको भ्रमण शरणार्थीका लागि नयाँ आशाको विषय बनेको छ ।

शिविर हटाउँदा शरणार्थीलाई पर्नसक्ने असरबारे गरिएको प्रश्नमा केन्याका राष्ट्रपति उहुरु केन्याटाले शिविरलाई खाली गर्दा यसलाई आश्रयस्थल बनाएका सम्पूर्ण शरणार्थीलाई मानवीय तरिकाले स्वदेश फर्किने वातावरण मिलाइने आश्वासन दिनुभएको छ ।

केन्या सरकारले सोमालियाली अतिवादी समूह अलसावाले सन् २०११ पछि पटक–पटक मुलुकका विभिन्न ठाउँमा विभत्स आक्रमण गर्ने गरेको र उनीहरुले शिविरलाई आश्रयस्थल बनाएपछि शिविर हटाउन परेको बताउदै आएको छ । रासस÷एएफपी