सुडानमा ४६ लाखलाई मानवीय सहायताको खाँचो

489

सुडानमा ४६ लाखलाई मानवीय सहायताको खाँचो

sudan himsaसंयुक्त राष्ट्रसंघ, २९ असार । सुडानमा पछिल्लो समयमा हिंसा झनै बढेको छ । यस हिंसाका कारण सुडानमा लाखौँ लाख नागरिकलाई आधारभूत आवश्यकतामा नै कमी भएको बताइएको छ ।

सुडानमा कम्तीमा पनि ४६ लाख नागरिकलाई यस्तो सहायताको खाँचो पर्ने जनाइएको छ । सो खाँचो बमोजिम उनीहरुलाई ठूलो रकम पनि आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले सन् २०१६ को लागि सुडानलाई आवश्यक पर्ने खाद्यान्न सहितको आवश्यकताको बारेमा प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदनमा मानवीय आवश्यकताको बारेको योजना पनि मङ्गलबार सार्वजनिक गरिएको समाचारमा जनाइएको छ ।

सो प्रतिवेदनअनुसार सुडानमा मानवीय ४६ लाख व्यक्तिको लागि मानवीय सहायताको आवश्कता परेको संयुक्त राष्ट्र संघले जानाइएको छ ।

ती व्यक्तिहरुको लागि ९ करोड ५२ लाख अमेरिकी डलर बराबरको रकम आवश्यता परेको संयुक्त राष्ट्रसंघीय प्रवक्ता स्टेफन डुजारिकले समाचारदताहरुलाई बताउनु भएको छ ।

यो सङ्ख्यामा २२ लाख सुुडानभित्र विस्थापित व्यक्तिहरु पनि परेका छन् । महिला पुरुष, शरणर्थी र आन्तरिक विस्थापित व्यक्तिहरुले सहयोगको आशा राखेका सुुडानका संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक निइमा अल ग्याससेरले बताउनु भएको छ ।

बताइएअनुसार राष्ट्रसंघले विश्वका दाताहरुलाई पनि यसमा सघाउ पुर्याउन आह्वान गरिरहेको छ । रासस÷सिन्ह्वा